Tuesday, June 18Nepal News Portal
Shadow

रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्मचार्यद्वारा १६९ औं पटक रक्तदान


काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा माघ २९ गते शनिबार आयोजित कार्यक्रममा कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका हुन् । यसअघि कर्मचार्यले दिपायल सिलगुढी नगरपालिकामा कात्तिक २९ गते १६८ औं पटकको रक्तदान गरेका थिए ।

नियमित रक्तदान कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम पर्वत जिल्लाको स्थानीय कुश्मा नगरपालिका वडा नं. ५ , बडागाउँ नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा सम्पन्न भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष बिरेन्द्र पराजुली अतिथि रहेका थिए ।

कार्यक्रममा अतिथि बीरेन्द्र पराजुलीले पनि ३५ औं पटकको रक्तदान गरेका छन् । रक्तदानबाट कोहि पनि कमजोरी होईन्न भन्ने तथ्यलाई साबित गर्न पराजुलीले रक्तदान लगत्तै बञ्जिजम्प गर्नुका साथसाथै कुश्मादेखि पोखरासम्म साईक्लिङ्गसमेत गरेका थिए ।

सारेगमप लिटिल च्याम्का अन्तिम पाँच प्रतियोगीमा पुग्न सफल अरूण सुनारले पनि सो कार्यक्रममा सहभागिता जनाएका थिए ।

Total Page Visits: 874 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्