काठमाडौं । मौन अवधिमा बाँड्न लागिएको चामल बन्दीपुर गाउँपालिका वडानम्बर ५ बाट प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
स्थानीय भुजेल बस्तीलाई बाँड्ने तयारी गरेकोबेला माओओवादीको युवा संगठन वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको थियो ।
चामल बाँड्न लागेको सूचना थाहा पाएपछि यम्पा पुगेको प्रहरीले चामल बरामद गरेको हो । चामल कुन पार्टी वा समूहले बाँड्न लागेको थियो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।