काठमाडौं । साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजार ओरालो लागेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको बजार आज भने १८.६४ अंकले घटेर २ हजार ३५० दशमलव ४२ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५६ दशमलव शून्य ६ अंकले बढेर २ हजार ३६९ दशमलव शून्य ६ विन्दुमा पुगेको थियो ।
शेयर बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । बिहीबार २२८ वटा धितोपत्रको ५२ लाख २७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी डेभलप्मेन्ट बैँक समूहको २ दशमलव १४ प्रतिशतले घटेको हो ।
त्यस्तै, आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ११ करोड १० लाख ६७ हजार ४१८ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।