Tuesday, June 25Nepal News Portal
Shadow

१४ किलो गाँजासहित युवक पक्राउ


काठमाडौं । सर्लाहीबाट प्रहरीले झण्डै १४ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का १९ बर्षीय रुस्तम कुमार यादव हुन्। सर्लाही प्रहरीले उनको साथबाट १३ किलो ९ सय ग्राम गाँजा बराद गरेको छ ।

प्लाष्टिको पोकामा बेरिएको सामान टाउकोमा बोकि हिडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा लागू औषध गाँजा बरामद गरेको सर्लाही प्रहरी स्रोतले जानकारी दिएको हो।

पक्राउ परेका रुस्तमको बिषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्