काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार (आज) बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत त्यहाँ पुगेका छन् ।