Wednesday, February 21Nepal News Portal
Shadow

शेयर बजारमा उच्च अंकको गिरावट, १ अर्ब ६४ करोडको कारोबार


काठमाडौ । साताको पहिलो कारोबार दिन मंगलबार (आज)  शेयर बजार राताम्मे देखिएको छ । बिहीबार १८ दशमलव ६४ अंकले घटेको बजार आज ८४ दशमलव ९० अंकले घटेर २ हजार २६५ दशमलव ५२ विन्दुमा झरेको छ ।

मंगलबार २२१ वटा धितोपत्रको ३५ लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढि अन्य समूहको ५ दशमलव ८३ प्रतिशतले घटेको हो ।
आज सबैभन्दा बढि जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।

 

Total Page Visits: 603 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्