Thursday, February 29Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य वृद्धि


काठमाडौं । साताको दास्रो कारोबा दिन बुधबार (आज) शेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ८४ दशमलव ९० अंकले ओरालो लागेको बजारमा आज ८ दशमलव ९० अंकले बढेर २ हजार २७४ दशमलव ४२ विन्दुमा पुगेको हो ।
सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव शून्य ९ विन्दुमा पुगेको छ ।

बुधबार २२७ वटा धितोपत्रको ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढि हाइड्रोपावर समूहको २ दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड ३८ लाख ३० हजार ८५७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Total Page Visits: 459 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्