Monday, February 10Nepal News Portal
Shadow

शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ३० करोडको कारोबार


काठमाडौं । साताको तेस्रो कारोबार दिन बिहीबार (आज) शेयर बजारमा सामान्य दोहोरो अंकको गिरावट आएको छ । बुधबार ८ दशमलव ९० अंकले बढेको बजार आज २३ दशमलव ५१ अंकले घटेर २ हजार २५० दशमलव ९१ विन्दुमा झरेको हो ।
बिहीबार २१९ वटा धितोपत्रको ३७ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव ७५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सर्वाधिक १२ करोड ८१ लाख ७९ हजार ९६२ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्