काठमाडौं । अब सरकारले चालू आर्थिक वर्षको(आवको) २ महिनामा २ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । गत वर्षहरूमा जस्तै यो वर्ष पनि वर्षाको समयमा विकास खर्च गरेर पैसा भलवाडीमा बगाउँने स्पष्ट छ ।
चालू आर्थिक वर्ष (आव) को १० महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको छ । चालू आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । यो वर्ष विनियोजन गरेको पूँजीगत खर्चको ३६ प्रतिशत मात्र खर्च भएको हो ।
गत वर्षहरूमा असारमा विकास खर्च बढाउँदै आएको सरकारले यो वर्ष पनि त्यसैलाई निरन्तरता दिने भएको छ । चालू आर्थिक वर्षको जेठ ५ गतेसम्म ६७ दशमलव ५५ प्रतिशत चालू खर्च भएको छ ।
२०७८र७९ मा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।