Friday, May 3Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १,९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु


काठमाडौं, १० मंसिर (ससं) । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना भाइरस (काभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

Total Page Visits: 966 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्