काठाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार २३ दशमलव ५१ अंकले घटेको बजार आज पनि १५ दशमलव ८२ अंकले घटेर २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो । सेन्सेटिभ इन्डेक्स पनि २ दममलव ४७ अंकले घटेर ४३४ दशमलव ७३ विन्दुमा झरेको छ ।
शुक्रबार २२३ वटा धितोपत्रको २५ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ९३ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
शुक्रबार १३ वटा समूहमध्ये आज पनि म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
कारोबार रकमको आधारमा अरुण काबेली पावरको सर्वाधिक ३ करोड २ लाख ४५ हजार ५०७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।