काठमाडौं, १० मंसिर (ससं) । पछिल्लो २४ घण्टामा उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार ३५० महिला र ४८५ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बुधबार संक्रमित पुष्टि हुनेमा १ हजार ९४८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
Total Page Visits: 1284 - Today Page Visits: 1