काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको अन्तिम दिन (शुक्रबार) १५ दशमलव ८२ अंकले घटेको बजार आज पनि ३४ दशमलव २१ अंकले घटेर २ हजार २०० दशमलव ८८ विन्दुमा झरेको छ । २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो ।
सोमबार २२४ वटा धितोपत्रको ३९ लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६९ करोड ५१ लाख ३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढि जीवन बीमा कम्पनीहरुको २ दशमलव ६२ प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा नबिल बैँक लिमिटेडको सर्वाधिक ४ करोड १५ लाख ९ हजार २६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।