Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सुन भनेर इँटा बिक्री गर्न खोज्ने ५ जना पक्राउ – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

सुन भनेर इँटा बिक्री गर्न खोज्ने ५ जना पक्राउ


काठमाडौं । दाङमा सुन भनेरमाटोको इँटालाई बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

पक्राउ परेकाको साथबाट दुई थान इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्री गर्न खोजेको प्रहरीले ज।नकारी दीएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्