Tuesday, June 18Nepal News Portal
Shadow

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब ८ करोडको कारोबार


काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । पहिलो कारोबार दिन सोमबार ३४ दशमलव २१ अंकले घटेको बजार आज १६ दशमलव ३२ अंकले बढेर २ हजार २१७ दशमलव १९ विन्दुमा पुगेको छ ।

मंगलबार २२४ वटा धितोपत्रको ३३ लाख ७३० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि जीवन बीमा कम्पनीहरुको २ दशमलव ६२ प्रतिशतले घटेको हो ।

कारोबार रकमको आधारमा एनआइसी एसिया लघुवित्तको सर्वाधिक ४ करोड ८४ लाख ८० हजार ६०० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

 

Total Page Visits: 447 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्