Saturday, November 25Nepal News Portal
Shadow

वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी एक प्रतिवादी पक्राउ


काठमाडौं, ११ मंसिर (ससं) । वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहरिएका एक जना फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाट खटिएको प्रहरी टोलीले ३० वर्षीय कुमार पुरीलाई पक्राउ गरेको हो।

उनी झापाकै अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बैर चोकबाट पक्राउ परेका हुन्। उनलाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

२०७२ जेठ २४ गते वैदेशिक रोजगार न्यायाधीकरणले पुरीलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

Total Page Visits: 432 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्