Sunday, November 3Nepal News Portal
Shadow

आयातमा कडाइ गर्न यी बस्तुमा बढ्दैछ भन्सार दर


काठमाडौं । सरकारले आगामी बजेटमार्फत भन्सारको दरमा केही परिवर्तन गर्दैआयातलाई निरुत्साहित गर्ने भएको छ। अत्यावश्यकबाहेक बढाउन मिल्ने वस्तुहरूको भन्सार दर बढाउने काम अर्थ मन्त्रालयले गरेको हो। मन्त्रालयले दर्जनभन्दा बढी वस्तुको आयातको भन्सार दर परिवर्तन गर्न लागेको हो।

संसदमा मंगलबार सार्वजनिक गरिएको सकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आउँदो दशकलाई नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि दशकको रुपमा मनाउने घोषणा गरेको छ। सरकारले नेपालमै उत्पादन हुनसक्ने वस्तुहरूको सूची नै बनाएर आयातमा रोक लगाउने तथा करको दर बढाउने नीति लिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मोटरसाइकलमा ४० प्रतिशतसम्म भन्सार लगाउन सक्ने अवस्था रहेको छ। हाल मोटरसाइकलमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ। सरकारले १० प्रतिशत थप भन्सार शुल्क मोटरसाइलमा लगाउन सक्ने छ।

अर्थ मन्त्रालयले खाद्यवस्तुमा समेत भन्सार दर बढाउने तयारी गरेको छ।

जिउँदो जनावरमा समेत भन्सार लगाउने तयारी गरेको छ। यसअघि १० प्रतिशत मात्रै लाग्दै आएकोमा सत प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरेको छ। नेपालले जिउँदो जनावर ल्याउनका लागि ७० प्रतिशतसम्म भन्सार लिन सक्ने छ। भैँसी, खसी, च्यांग्रा लगायतको आयातलाई निरुत्साहित गर्नैपर्ने भएकोले भन्सार दर वृद्धिको विकल्प नभएको अर्थ मन्त्रालयको निष्कर्ष छ।

नेपालमै उत्पादन गर्न सकिने डाइपर, स्यानिटरी प्याड, जुत्ता चप्पललगायतका वस्तुमा पनि भारी रुपमा भन्सार वृद्धि गरेर स्वदेशी उत्पादन कम्पनीलाई सरकारले विशेष सहुलियत दिने तयारी गरेको छ।

धान, चामल र मकैमा प्रतिकिलो ९ रुपैयाँ भन्सार लाग्दै आएकोमा त्यसमा पनि वृद्धि गर्ने तयारी सरकारले गरेको छ। अर्थ मन्त्रालयले पाम तेल, सूर्यमुखीको तेल र भटमासको तेलमा पनि अधिकतम सीमाभित्र रहेर ३५ प्रतिशतसम्म महसुल लगाउने तयारी गरेको छ।

त्यस्तै, प्रति १० ग्राम सुनको आयातमा ५ हजार रुपैयाँ र चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएको छ भने अब सुन र चाँदीको आयातमा खरिद मूल्यको २० प्रतिशतसम्म भन्सार लगाउने तयारी अर्थ मन्त्रालयले गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्