काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक (विहिबार) आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्दै छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरिने बारे प्रस्ताव पेश गरीने छ ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गरेकी छिन ।