Tuesday, December 3Nepal News Portal
Shadow

भारतले चिनी निर्यातमा बन्द गर्याे नेपालमा चिनीको अभाव


काठमाडौं । नेपालमा चिनीको अभाव हुने भएको छ । भारत सरकारले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि चिनी अभाव हुने भएको हो । मुद्रास्फीति नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि लागु हुने गरी चिनी निर्यातमा रोक लगाएको छ ।

यो प्रतिबन्ध यसै वर्षको अक्टोबर ३१ सम्म जारी रहने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो ।

नेपालमा चिनीको आन्तरिक उत्पादनले पुग्दैन । जसले गर्दा नेपाल पनि चिनीका लागि भारतसँग परनिर्भर छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भनेपनि चालु आव बैशाखसम्म ४ अर्ब ८३ करोड ९४ हजार मेट्रिक टन चिनी नेपालमा आयात भएको थियो। जसमध्ये भारतबाट मात्रै ८९ हजार मेट्रिक टन चिनी आयात भएको हो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्