Wednesday, October 16Nepal News Portal
Shadow

कोरोनाविरुद्धको खोप अभियान काठमाडौं महानगरमा सञ्चालन


काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन भएको छ । महानगरले शुक्रबार (आज) देखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभाग स्रोतले जानकारी दिएका छन् ।

स्वास्थ्य विभागका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको छ ।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने बताए । खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्