काठमाडौं ।(आज) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि छ ।बिहीबार (हिजो) सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो । बिहिबार(हिजो) सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८००० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७००० ५०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम भएको महासंघले जानकारी दिएको छ ।