Saturday, February 17Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन अर्थात (आज) शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार(हिजो) नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ६.१३ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय रुपैयाँ पुगेको छ ।

Total Page Visits: 504 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्