काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ५९ पैसा र बिक्री दर १३३ रुपैयाँ २३ पैसा तोकेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ०३ पैसा र बिक्री दर १५६ रुपैयाँ ७९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।