Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
आफ्नै साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

आफ्नै साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु


काठमाडौं । दाङमा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार(हिजो) दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुखले बताएका छन्।

पुनको घाटीमा गोली लागेको छ । उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुखले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्