Monday, February 10Nepal News Portal
Shadow

लमजुङमा ६३५ घरेलु उद्योग दर्ता


काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् महिलाइ ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुले बताए ।

उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव २०७७÷२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ ।

आव २०७६र०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जानकारी दीएको छ । आव २०७५÷७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै, ८७ घरेलु उद्योग नवीरण भएको थियो । सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् ।

घरेलुमा उद्योग दर्ता गर्दा सरकारी सेवा सुविधा पाउने कानुनी झन्झट नहुने, उद्यमी बन्ने चाहना, विभिन्न माध्यमबाट जनचेतना वृद्धि, घरेलु उद्येगमा महिलालाई ५० प्रतिशत छुट भएकाले उद्योग दर्ता गर्न सेवाग्राही आकर्षित हुन थालेको कार्यालय प्रमुखले बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्