काठमाडौं । वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम यी तीनवटा प्रदेशमा आज बिहानैबाट मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दीएको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने उक्त विभागले बताएका छन्। बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।