Wednesday, September 18Nepal News Portal
Shadow

बालबालिकाका लागि ८४ लाख फाइजर खोप आउँदै


काठमाडौं । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको छ ।
पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुखले जानकारी दिएका छन् ।

उनका अनुसार हिलो चरणमा १५ असारसम्ममा बालबालिकालाई फाइजरको १५ लाख खोप आउने छ । हामीसँग खोपको भण्डारण क्षमता कम भएकाले एक पटकमा १० देखि १५ लाख डोज पटक–पटक ल्याउने तयारी गरेका छौं‘ । उनले बताए विगतमा फाइजर खोप सञ्चालन भएका २१ जिल्लाका बालबालिकामा पहिला लगाइनेछ । ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्