Thursday, December 5Nepal News Portal
Shadow

यस्तो छ आजको मौसम


काठमाडौ। प्रदेश नम्बर–१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली छ । प्रदेश–१ र मधेसका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दीएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ / हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेसका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन /चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दीएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्