काठमाडौं । सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो ।
यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्तःशुलक ७५ प्रतिशतमा पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।
२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्तःशुल्क बढाएको छ ।
त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् ।
१५०० सम्मका कार, जीप/भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएको छ।