काठमाडौं । आइतबार (हिजो) देखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त जहाज भेटिएको नेपाली सेना स्रोतल जानकारी दिएका छन् ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । थप विवरण केहि बेरमा सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दीएको छ ।