Monday, July 15Nepal News Portal
Shadow

भारतमा ३ हजार ७०० भन्दा बढिमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०।८४ प्रतिशत पुगेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्