Friday, December 6Nepal News Portal
Shadow

नेपालको रेल आगलागीबाट जोगियो


काठमाडौं। नेपालको एक मात्र रेल आगलागी हुनबाट जोगिएको छ ।बिहीबार(आज) दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।

बग्गीको सामान राख्ने र्‍याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धकले जानकारी दिए । धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उनले बताए । ‘ठूलो क्षति हुनबाट जोगिएको छ’ उनले भने ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् । नत्र ठूलै क्षति हुने अवस्था थियो ।’

धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभागको स्थिति बनेको थियो ।

रेलभित्र पोखिएको एसिड बोकेर एक जना पुरुष फरार भएका छन् । सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो । रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन् ।

एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । यसबारे अन्य अनुसन्धान भइरहेको महाप्रबन्धकले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्