Saturday, January 25Nepal News Portal
Shadow

किन भइरहेको छ स्यानिटरी प्याडमा भन्सार कर छुटको विरोध ?


काठमाडौं । स्यानिटरी प्याडमा भन्सार कर छुटको विरोध किन भइरहेको छ ? वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार शुल्कमा ९० प्रतिशत छुट दिने घोषणा गरिएको थियो ।

बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चा पदार्थको आयातमा पनि एक प्रतिशत मात्रै भन्सार लाग्ने उल्लेख गरिएको छ । सरकारको यही निर्णयमाथि अहिले फरकफरक ढंगले विरोध सुरु भएको हो। एकातर्फ सरकारले ९० प्रतिशत भन्सार कर छुट दिएर स्वदेशी उद्योगीलाई निरुत्साहित गरेको भन्दै निर्णय फिर्ताको माग गरिरहेको छ भने अर्कोतर्फ महिला अधिकारकर्मीहरूले भने स्यानिटरी प्याड विलासी वस्तुमा कायमै राखिएको र अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्