Sunday, April 13Nepal News Portal
Shadow

१ करोड भन्दा बढी ठगीका अभियुक्त नयाँ बजारबाट पक्राउ


काठमाडौं । प्रहरीले १ करोड१९ लाख ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रवार (हिजो) प्रहरीले पक्राउ गरेको हो ।

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले १ करोड १९ लाख ८४ हजार रुपैयाँ ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनका लागि शुक्रवारनै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्