म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको हो । दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा किसान मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।
मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर ११० र ब्यापारीले अधिकतम १३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जानकारी दीएको छ । यसअघि कृषकले दूधको मूल्य ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई १२० रुपैयाँमा बिक्री गर्ने गरेका थिए ।
मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने केन्द्रका प्रमुखले बताएका छन् ।
दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको त्यहाका किसानले बताए। हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ। यता उपभोक्ताले दूध आम उपभोक्तासामु पुर्याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।