Monday, June 17Nepal News Portal
Shadow

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ


काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतो छन् । ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जानकारी दीएको हो।

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको छ।

Total Page Visits: 438 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्