Sunday, October 13Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार दोहोरो अंकले घट्यो सेयर बजार नेप्से परिसूचक । सोमबार(आज) १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ ।

सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार(आज) सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाएका छन् । सोमबार(आज) कुल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयरमूल्य १९३२.८० रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले बढेर १८५.४० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक,मिथिला लघुवित्त वित्तीय संस्था, समृद्धि इक्विटी फण्डसहितका कम्पनीको मूल्य बढेको छ ।

हिमालयन बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लेबलमा कारोबार भयो । यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ३८५.९० रुपैयाँमा झरेको छ । माहुली लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्तसहितका कम्पनीको मूल्य भने धेरैले घटेको छ । सोमबार(आज) एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्