Monday, June 17Nepal News Portal
Shadow

विद्युतीय सवारीमा बढाइएको कर खारेज गर्न नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको माग


काठमाडौं । सरकारले आर्थिक वर्ष(आव) २०७९/८० को बजेटमा विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले माग गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रवकुमार थाापाले सरकारले अन्त स् शुल्क र भन्सार शुल्कमा गरेको वृद्धिलाई खारेज नगरे आफ्नो शोरुमहरु बन्द गरेकार आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनले भने, सरकारको कर वा अन्तशुल्क बढाउन भन्दा पहिला सम्बन्धीत क्षेत्रसँग कुनै पनि प्रक्रिया नै नलिकन हचुवाको भारमा शुल्क बढाएको छ ।’ उनका अनुसार यो बजेट लागू भएपछि बढेको अन्त स् शुल्कले कम मूल्य पर्ने विद्युतीय गाडी महंगो भएको छ। सरकारले विद्युतीय सवारीमा अन्त स् शुल्क ६० प्रतिशतसम्म र भन्सार शुल्कमा १५ प्रतिशतसम्म वृद्धि गरेको थियो।

अर्थमन्त्री जदानर्दन शर्माले प्रस्तुत गरेको बजेटले १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक बृद्धि गर्नुले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको गरेको नाडाको बुझाइ रहेको छ । नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न सरकारसंग नाडाले माग समेत गरेको छ ।

त्यसैगरी, सो बजेटमा सरकारले २०० सि.सिसम्मका मोटरसाइकललाई सर्वसाधरण जनताले प्रयोग गर्ने सवारी साधनको रुपमा रहेका छन् । २०० सि.सिभन्दा माथिका मोटरसाइकलमा गरिएको अन्तःशुल्क तथा भन्सार महशुलमा अत्यधिक वृद्धिका कारण अटोमोवाइल व्यवसायीहरुले अव आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न हुने भएको समेत बताएका छन् ।

Total Page Visits: 446 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्