Monday, June 17Nepal News Portal
Shadow

यस्तो आजको मौसम


काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो । आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद्ले बताएका छन् । यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजराति प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दीएको छ ।

Total Page Visits: 391 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्