Sunday, July 13Nepal News Portal
Shadow

३ लाख भन्दा बढि नगदसहित २१ जना जुवाडे पक्राउ


काठमाडौं, १२ मंसिर (ससं)। मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रूपैयाँ सहित पक्राउ गरेको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्