Sunday, October 13Nepal News Portal
Shadow

तारकेश्वर गाउँपालिकामा निःशुल्क हटलाइन सेवाको सुरुवात


काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे निःशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार (आज) देखि हटलाइन सेवाको शुभारम्भ गरेका हुन् ।

दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने बताएका छन् । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनासंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन  गाउँवासीलाई अनुरोध समेत गरेका छन् ।

गत साता बसेको नवनिर्वाचित गाउँकार्यपालिकाको पहिलो बैठकले हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । अधिकारीका अनुसार जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो । गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने उनको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्