Thursday, February 29Nepal News Portal
Shadow

मूल्यवृद्धि ८ प्रतिशतले बढ्यो महँगी


काठमाडौं । चालु आर्थिक वर्ष (आव)को १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४।२२ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्ष १० महिनामा यस्तो मूल्य वृद्धि ३।६५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८।४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दीएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४।८६ प्रतिशतले बढेको छ ।

यस्तै फलफूल १२।६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११।३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०।५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९।७० प्रतिशत छ ।

चालु आवको १० महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ७।३९ प्रतिशत तराईमा ८।१५ प्रतिशत र पहाडमा ७।८९ प्रतिशत छ । यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८।२१ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमश ३।६२, ३।५१, ४।१४ र १।३३ प्रतिशत थियो ।

Total Page Visits: 691 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्