Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
७ विदेशी महिला एक अर्ब दुई करोडको हेरोइनसहित पक्राउ – Udhyognews.com
Friday, July 4Nepal News Portal
Shadow

७ विदेशी महिला एक अर्ब दुई करोडको हेरोइनसहित पक्राउ


काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको छ । बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने ब्युरोले जानकारी दीएको छ ।

विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको हो ।

पक्राउ परेका सबै सातैजना महिला हुन् । उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार(आज) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्