काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।
उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा लिखित जानकारी गराउँन बैकले अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न केही लिखित जानकारी नआएमा अन्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने समेत कम्पनीले जानकारी गराएको छ ।
