Monday, June 17Nepal News Portal
Shadow

नेपालमा आयो ११ महिनामा १ अर्ब २३ करोडको मास्क


काठमाडौं । चालु आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन ।

नेपालले चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६००० गोटा मास्क नेपाल भित्रिएको हो। यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।

Total Page Visits: 531 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्