काठमाडौं । पछिल्लो समय नेपाली बजार सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि ३०० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।