Sunday, March 16Nepal News Portal
Shadow

तिहारःदेउसी,भैलो र साथीसङ्गी


सुनिता बुढाथोकी । हिन्दुहरुको चाडपर्व मध्ये दोस्रो चाडपर्व हो तिहार । तिहार भन्ने वित्तिकै सबैको घरमा झिलिमिलि बत्ति, सबैको घरमा मिठो मिठो परिकार वाहा भन्दा पनि मुखमा पानि नै आउँछ । अनि मनमा खुशी पनि ।

तिहारमा सबैको घरमा दाजुभाईलाई सप्तरङगी टिका लगाईने चलन छ । काग तिहार ,कुकुर तिहार , लक्ष्मी पुजा , भाईटिका यिनिहरु तिहारमा मुख्य हुुन् । तिहारमा सबैको घरमा झिलिमीलि बत्ती हाल्छन् । ढोकाको अगाडि रङ्गोलि बनाउँछन् । बच्चा देखि ठुला मान्छेहरु पनि खुसी हुन्छन् । तिहारमा टाढा टाढा भएका दिदीबहिनी वा दाजुभाइ एकै ठाउँमा भेट हुन्छन् । देउसी , भैलो खेलेर रमाइलो गर्छन् । तिहारको लागि भनेर सबैले पहिले नै तयारी गरेका हुन्छन् । तिहारमा दिदिबहिनिले आफ्नो दाजुभाईमा आएको सङकट, दसादेखि टाढा राख्नको लागि सत्परङ्गी टिका र मखमलि माला लगाइदिने चलन छ ।

कतिपएको दिदीबहिनी हुदैन त कतिको दाजुभाई त्यसैले उनीहरुले दाजुभाई वा दिदिबहिनी बनाएर टिका लगाइदिने चलन छ । तिहारमा सबैको घरमा मिठो – मिठो खानेकुरा पकाउने चलन छ । तिहारमा मुख्य गरी सेलरोटी पकाउने चलन छ । तिहारमा लक्ष्मीपुजाको दिन सबैको घर उज्यालो हुुन्छ । जता हेरे पनि झिलीमिलि हुन्छ । तिहारमा लक्ष्मी पुजा गरेर लक्ष्मीलाई घर भित्राइन्छ । तिहार आउनु अगाडि नि पटेका पट्काएको सुनिन्छ । तिहारमा देउसी , भैलो तिन दिन वा चार दिन खेल्ने चलन छ । पहिले तिहारमा भैली महिलाले मात्र र देउसी पुरुषहरुले मात्र खेल्ने गर्थे तर अहिले दुवैमा पहिला पुरुष दुवैको संलग्नता छ ।

तिहार यसै पनि धेरै रमाईलो हुन्छ । मलाई पनि तिहार अति नै मन पर्छ । वर्षदिनमा साथीसङ्गीको रमाईलो । चारैतिर भिलिमिली वाहा क्या रमाइलो तिहार । अनि देउसी भैलो खेल्दाका साथीहरु मेरा लागि सबै प्यारा छन् । सबै आफ्ना छन् । अन्तिममा सबैमा सुख,  सदबुद्धि , सुस्वास्थ तथा उत्तरोत्तर प्रगति सहित तिहारको हार्दिक मंगलमय शुभकामना ।

(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्