काठमाडौं, १३ मंसिर (ससं) । वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहरिएका कुमार पुरी रिहा भएका छन्।
जिल्ला अदालत झापाको आदेशले उनी बिहीबार रिहा भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ्।
वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंले २०७२ जेठ २४ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर्याउँदै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना सहितको फैसला गरेको थियो।
जरिवाना वापतको रकम भुक्तानी गरेपछि उनी रिहा भएका हुन्।