Thursday, February 29Nepal News Portal
Shadow

भाडा वृद्धि फिर्ता गर्न महासंघको ध्यानाकर्षण


काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले माग गरेको छ। लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महासंघले बिहीबार पत्रकार सम्मेलन गरी भाडादर तत्काल फिर्ताको माग गरेको हो। उक्त पत्रकार सम्मेलनमा भाडा वृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको छ ।

निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासंघको ठहर छ। महासंघको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले सात सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडा वृद्धिको लाखौँको बिल उद्योगमा पठाएको भन्दै महासंघले विरोध गरेको छ।

महासंघका अध्यक्ष रामहिरा पाठकले बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएको बताए। उनले एकैपटक सात सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरे।

अध्यक्ष पाठकका अनुसार २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँचरपाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो।

विसं २०७२/७४ मा १५/१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको र २०७५ सालमा एकैपटक सात सय प्रतिशतले वृद्धि गरिनु नियमसम्मत नभएको व्यवसायीको बुझाइ छ।

Total Page Visits: 255 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्