Saturday, June 14Nepal News Portal
Shadow

१२ वर्षीया बालिका बलात्कृत भएको चार महिनापछि सार्वजनिक


काठमाडौं, १४ मंसिर (ससं) । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएको घटना चार महिनापछि सार्वजनिक भएको छ।

पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।
उजुरीमा उल्लेख भएको विवरण अनुसार ती बालिका गत साउन १८ गते बलात्कृत भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बलात्कार गरेको आरोपमा २० वर्षीय श्यामकृष्ण केसी पक्राउ परेको प्रहरीले जनाएको छ। केसी भीमेश्वर नगरपालिका वडा नम्बर–७ घर भई भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए।

बालिका बलात्कार उजुरी परेपछि केसीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी कसूरमा आइतबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्